१० खेलाडीमा सिमित बार्सिलोनालाई कोपा डेल रेको उपाधि
बार्सिलोना – १० खेलाडीमा सिमित बनेको बार्सिलोनाले अतिरिक्त समयमा दुई गोल गर्दै कोपा डेल रेको उपाधि जितेको छ । आइतबार राती सम्पन्न फाइनलमा सेभियालाई पन्छ्याउँदै बार्सिलोनाले यस सिजनको दोस्रो घरेलु उपाधि जितेको हो । ह्याभियर मास्चेरानोलाई खेलको शुरुवातमा नै गुमाए पनि लुइस एनरिकेको टोलीले २८ औं पटक उपाधिमाथि कब्जा जमाउन सफल रह्यो । केभिन गामेरोलाई लडाएबापत मास्चेरानाले खेलको ३६ औं मिनेटमा रातो कार्ड खाएका थिए ।
खेलको अतिरिक्त समयमा जोर्डी अल्बा र नेयमारले गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाए । दुवै गोलमा लियोनेल मेस्सी नायक बने । उनले दुवै खेलाडीका लागि गोलको अवसर सृजना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
सेभियाका एभर बनेगाले पनि निर्धारित खेल सकिन अघि रातो कार्ड खाए भने अतिरिक्त समयको अन्त्यमा ड्यानियल कारिकोले पनि रातो कार्ड खाएपछि सेभिया नौ खेलाडीमा सिमित बनेको थियो । कप फाइनलको विशेषज्ञ मानिएको सेभियाले सन् १९६२ देखि कुनै पनि कप फाइनलमा हारेको थिएन । सन् २००७ मा गेटाफे र सन् २०१० मा एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दै कोपा डेल रे को उपाधि सेभियाले जितेको थियो भने युरोपा लिगमा आफू पुगेको पाँचवटै फाइनल खेल जितेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण