बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भार्डी र केनको गोलको मद्दतले इंग्ल्याण्डद्वारा टर्की पराजित

सोमबार, १० जेठ २०७३, ०९ : ४६
सोमबार, १० जेठ २०७३

लण्डन – जेमी भार्डीले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले आइतबार टर्कीविरुद्ध भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी भएको छ । युरो २०१६ का लागि खेलिएको वार्मअप खेलमा रोय हडसनको टोली २–१ गोल अन्तरले विजयी भएको हो । खेलको शुरुवातमा नै ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए पनि त्यसको १० मिनेटपछि नै हाकान काल्हानग्लुले गोल गर्दै टर्कीलाई खेलमा फर्काए । केनले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । खेल सकिन केही समयबाँकी रहँदा भार्डीले गोल गर्दै इंग्ल्याण्डको उद्धार गरे । खेलको अतिरिक्त समयमा ओल्काय साहानको प्रहारलाई जो हार्टले बचाएपछि बराबरी गर्नबाट टर्की चुक्यो । खेलमा इंग्ल्याण्डले उत्कृष्ट आक्रमक खेल प्रदर्शन गरे पनि तुलनात्मक रुपमा डिफेन्स भने निकै कमजोर देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप