बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गर्ल्स होस्टलमा अगलागी १७ छात्राको मृत्यु

सोमबार, १० जेठ २०७३, १० : ०३
सोमबार, १० जेठ २०७३

बैंकक – थाइल्याण्डको एक बोर्डिङ स्कूलको छात्रावासमा भएको आगलागीमा परेर १७ जना छात्राको मृत्यु भएको छ । मारिनेमा ५ देखि १२ वर्षीया छात्राहरु रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । वियाङ पा पाओ जिल्लामा रहेको पिथाकिआर्ट विथाया नाम गरेको उक्त विद्यालयको छात्रावासमा राती ११ बजे आगलागी भएको प्रहरी अधिकारीहरुले बताएका छन् । आगलागीमा दुई जना बालिका अझै हराइरहेको र घाइते ५ जनालाई अस्पताल लगिएको छ । के कारणले आगलागी भएको भन्ने अझै यकिन हुन नसकेको मेल अनलाइनले जनाएको छ । रातीको समयमा छात्राहरु सुतिसकेपछि आगलागी भएका कारण ठूलो दुर्घटना भएको प्रहरी अधिकारीले बताए । केही सुत्न बाँकी रहेका छात्राहरु भने भाग्न सफल भएका थिए । घटना हुँदा छात्रावासमा ३८ जना विद्यार्थीहरु रहेका थिए । दुई जना हराइरहेका छात्राको खोजी भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप