बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विवाहमा झगडा हुँदा एकको मृत्यु

सोमबार, १० जेठ २०७३, ११ : ३९
सोमबार, १० जेठ २०७३
भोजपुर - विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ । खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शुक्रबार बाटैमा निधन भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा खैराङका आठजना पक्राउ परेका छन् । पक्राउ परेका आरोपीलाई आइतबार सदरमुकाम ल्याई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हत्याका आरोपीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप