सिंहदरवारमा रगतको रंग पोत्ने दुई पक्राउ, पछि रिहा
सोमबार, १० जेठ २०७३, ११ : ५५
काठमाडौं – सिंहदरवारको मुख्य प्रवेशद्वारको भित्तामा रगतजस्तै देखिने रातो रङ पोत्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सांकेतिक विरोध गर्ने क्रममा इशान र मोहम्मद रियाद साफ्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो । देश बचाउने आह्वान गर्दै प्रतिकात्मक ढंगबाट सिंहदरवारको मुख्य गेटमा रगत जस्तो रंग पोतेको कारण उनीहरुलाई पक्राउ गरेको समाज सेवी सरोज रायले जानकारी गराए ।
मधेश आन्दोलन प्रति भएको दमन, जनजाति, थारू लगायत सबै उत्पीडित जातजातीले गरिरहेको आन्दोलन प्रति सरकारको उदासीनता देखेर इशानले आइतबार ५ बजे बेलुका सिहंदरबारको पर्खालमा रगतको रंग तोपेर सांकेतिक विरोध गरेका थिए ।त्यही क्रममा ईशान र मो. रियाज साफीलाई हिरासतमा लिई अनुसन्धान विभागले टेकु परिसरमा राखेका थियो। उनीहरुलाई राती ८ बजेतिर तारेखमा रिहा गरिएको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण