विष सेवनबाट श्रीमतीको मृत्यु, श्रीमान् बिरामी
सोमबार, १० जेठ २०७३, १२ : ०१
बैतडी - विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ भने २४ वर्षीय श्रीमान् प्रभु सिंह बिरामी भएका छन् ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण