बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बिहारमा रक्सी प्रतिबन्धित भएपछि नेपाल छिर्न थाले भारतीय

सोमबार, १० जेठ २०७३, १२ : २९
सोमबार, १० जेठ २०७३

काठमाडौं – बिहार सरकारले राज्यमा रक्सीलाई प्रतिबन्धित गरेपछि सीमा क्षेत्रमा रहेका भारतीयहरु नेपाल पसेर रक्सी पिउने गरेको पाइएको छ । गत हप्तामात्र रौतहट प्रहरीले हालसम्म ५० भन्दा बढी भारतीयलाई नेपाली भूमिबाट पक्राउ गरेको एसपी गणेश रेग्मीलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् । केही दिनअघि बिहारको सितामढीबाट नेपालमा रक्सी पिउनकै लागि आएका ९ भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो । पछि फेरि नेपाल नछिर्ने शर्तमा रिहा गरिएको मिडिया रिपोर्टमा बताइएको छ । डिएसपी नबिल कृष्ण भण्डारीलाई उद्धृत गर्दै उनीहरुसँग १ हजार रुपैयाँ जरिवना लिइएको उल्लेख गरिएको छ । प्रहरीले गौर–४ स्थित दुई रक्सी पसलका सञ्चालकलाई पनि पक्राउ गरेको छ । प्रहरीले अहिले ६ बजेपछि सीमा छेउका रक्सी पसलहरुमा छापा मार्ने गरेको छ । यसलाई नियन्त्रण गर्नका लागि भारतीय र नेपाल प्रहरीले सहकार्यसमेत गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप