जापानमा ठूलो लुट : ३ घण्टामा १४ सय एटिएमबाट १ अर्ब चोरी
टोक्यो – जापानमा एटिएमबाट अर्बौं रुपैयाँ चोरी भएको खुलासा भएको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार १४ सय एटिएमबाट १.४ अर्ब रुपैयाँ चोरी भएको छ ।
यसलाई १ सयभन्दा बढी व्यक्तिको समूहले चोरी गरेको प्रहरीले अनुमान गरेको छ । यसमा रोमानियाको एक मोस्ट वान्टेड व्यक्ति पनि सामेल रहेको बताइएको छ ।
प्रहरीका अनुसार १४ सय एटिमबाट मात्र ३ घण्टाभित्र सबै पैसा चोरी गरिएको हो । ती एटिएमहरु टोकियो र त्यस नजिकका क्षेत्रहरुमा रहेका थिए । टोक्योसँगै कानागावा, आइची, ओसाका, फुकुओ लगायतका क्षेत्रका एटिएमबाट पैसा चोरी गरिएको थियो ।
दक्षिण अफ्रिकाबाट जारी भएका एटिएमबाट सो रकम चोरी भएको छ । कार्डहरु फर्जी भएको बताइएको छ । यसमा अन्तर्राष्ट्रिय आपराधिक समूहको हात रहेको अनुमान गर्दै प्रहरीले यसमा अन्य देशहरुसँग पनि सहयोग लिने तयारी गरिएको छ ।
चोरहरुले १५ मेको दिन बिहान ५ बजेदेखि ८ बजेसम्ममा सम्पूर्ण चोरी गरेका थिए । उनीहरुले प्रत्येक ट्रान्ज्याकसनमा १ लाख येन निकाल्ने गर्थे । जापानमा एक पटकमा यतिमात्र पैसा निकाल्न पाइन्छ । प्रहरीका अनुसार १४ सय ट्रान्ज्याकसन गरिएको छ ।
प्रहरीले अहिले सिसी टिभी फुटेज अनुसन्धान गरिरहेको छ भने क्रेडिट कार्डको डाटा कसरी बाहिर गयो भन्ने पनि अनुसन्धान गरिरहेको छ ।
पछिल्ला केही वर्षमा यस्तो घटना विश्वका धेरै मुलुकहरुमा घटी सकेको छ । सन् २०१२ र १३ को बीच्मा २६ देशबाट ४ करोड अमेरिकी डलर चोरी भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण