सेवाग्राहीलाई लाइन बसाएर कता वेपत्ता भए यातायातका हाकिम ?
काठमाडौं– सोमबार ललितपरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको बागमती अञ्चल कार्यालयमा सेवाग्राहीहरु आक्रोशित हुँदै कार्यालय प्रमुखलाई खोज्दै थिए ।
कोठा नं. १० मा रहेको यातायात व्यवस्था कार्यालयको कार्यकक्षमा कार्यालय प्रमुख उमेश बस्नेत थिएनन् । कार्यालयबाट सेवा प्रवाहमा कठीनाई भएसँगै उनी दवाव झेल्न नसकेर कार्यालयनै आउन छाडेका हुन् ।
उनी नभेटिँदा सुचना अधिकारी इश्वरराज रेग्मी भने तनावमा परेका छन् । किनकी काम नहुँदा सेवाग्राहीहरु उनीमाथि नै खनिन थालेका छन् ।
एक सेवाग्राहीले ‘सधै हामीलाई कति दुःख दिनुहुन्छ’ भन्दै खनिँदा सुचना अधिकारी रेग्मीले भन्दै थिए, ‘कार्यालय प्रमुख तपाईहरुको गुनासो सुन्न नसकेर भागे, अब प्राविधिक समस्या भयो त म के गरु ?’
विगत ४ दिनदेखि यातायात व्यवस्था बागमती कार्यालय एकान्तकुनामा सवारी चालक अनुमती पत्र वितरण गर्ने सिस्टमा खराबी आएपछि सेवाग्राहीले निकै समस्या भोग्नु परेको छ ।
दैनिक १ हजार ५ सय भन्दा धेरै सेवाग्राही आउने उक्त कार्यालयको सिस्टममा खराबी आएको लामो समय बित्दा पनि समस्याको समाधान हुन नसकेको हो । केहि दिन यता सेवाग्राहीलाई ‘भोलि भोलि’ भन्दै फर्काउन मै सीमित छ कार्यालय ।
‘नयाँ सवारी चालक अनुमती पत्रको लागि राजश्व तिर्न आएको ४ दिन भयो तर सधै सिस्टमा खराबी आएको भन्दै कामै हुँदैन,’ भक्तपुरबाट आएका सेवाग्राही प्रशान्त तिमल्सिनाले भने , ‘२–३ घण्टा बस्यो, त्यत्तिकै फर्कान्छ, सास्ती मात्रै खेप्न बाध्य भइयो ।’
भारतीय कम्पनीको सेवा राम्रो नभएको विभागको स्वीकार
स्मार्ट कार्डको लागि भएको ग्लोबल टेन्डर भारतीय कम्पनी मद्रास रेक्युरिटी प्रिन्टर्सले पाएको थियो । चेन्नईको सो कम्पनीले निर्माण गरेको सफ्टेवरले पुरानो डाडा नदेखाउने र देखाइहाले पनि विभिन्न समस्या उत्पन्न हुने गरेको यातायात व्यवस्था विभागका प्रमुख चन्द्रमान श्रेष्ठले रातोपाटीलाई बताए ।
उक्त कम्पनीले १५ करोड लिएर पनि प्रतिवद्धताअनुसार सन्तोषजनक काम गर्न नसकेको समेत श्रेष्ठले स्वीकार गरे । ‘समस्या आएको आएकै छ, हामीले कम्पनीलाई यसबारे जानकारी गराएपनि समाधान भएको छैन’, श्रेष्ठले भने, ‘मंगलबार कम्पनीका प्रमुख नै नेपाल आउन लागेका छन्, अब हामी कडाईका साथ कुरा गर्छौ ।’
उनले आक्कलझुक्क सिस्टमले काम गर्ने पनि गरेको तर काम गर्दै जाँदा फेरि समस्या उत्पन्न भइहाल्ने गरेको सुनाए।
विभागले दुख थियोः सेवाग्राही
सयौं सेवाग्राहीको भीडभाड हुने यातायात व्यवस्था कार्यालयमा सिस्टमको समस्या देखाएर विभाग उम्किन खोजेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । समस्या उत्पन्न भएपनि उसले सम्बन्धितसँग कडाईका साथ कुरा गर्नुपर्छ, यसरी सिस्टम बिग्रिएको भनेर कति दिन सहन सकिन्छ’, सेवाग्राही प्रशान्त तिमल्सिनाले भने । प्राविधिक समस्या आउनु स्वाभाविक भएको तर त्यसको समाधानमा विभागले ध्यान पुर्याउनुपर्ने उनको जोड छ ।
दैनिक केही न केही समस्या आइरहँदा आफूहरु पनि निकै तनावमा रहेको कार्यालयका कर्मचारीहरु बताउँछन् ।
१५ करोड ठेक्का दिएर राम्रो काम गर्न नसक्दा समेत कम्पनीलाई प्रतिवद्धतामा उल्लेख भएअनुसार क्षतीपूर्ती भराउने, हटाउने वा चेतावनी दिने काम समेत सम्बन्धीत निकायले नगरेको देखिन्छ ।
यसअघि भीआरएस र डिएलआरएस सिस्टम गरी दुई प्रकारको सिस्टम रहेको कार्यालयले दुबै सिस्टमलाई मर्ज गरेर सिस्टम इडीएलभीआरएस तयार गर्न भारतीय कम्पनीलाई जिम्मेवारी दिएको हो । जुन भीआरएस र डिएलआरएस सिस्टम भने फोकस वान र योमरी नामक सफ्टवेयर कम्पनीले निर्माण गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण