प्रचण्डको नेतृत्वमा ९ सदस्यीय हेर्डक्वाटर बनाउने माओवादी केन्द्रको निर्णय
सोमबार, १० जेठ २०७३, १४ : ५५
काठमाडौं – विभिन्न १० माओवादी घटक मिलेर बनेको नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको नेतृत्वमा ९ नेता सम्मिलित हेर्डक्वाटर गठन गरेको छ । आज बसेको एमाओवादी महाधिवेशन आयोजक समितिको बैठकले ९ जनाको हेर्डक्वाटर बनाउने निर्णय गरेको हो ।
हेर्डक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, मात्रिका यादव, मणी थापा, जयपुरी घर्तीलगायत रहनेछन् ।
सोमबारको बैठकमा प्रचण्डले एकपदीय या बहुमतिय के मा जाने भन्नेबारे छलफलको एजेण्डा तय गरेका थिए । तर, बहुपदिय प्रणालीमा जाँदा आकांक्षी धेरै हुने र विवाद पनि सिर्जना हुन सक्ने आंकलनसहित हेर्डक्वाटर बनाइएको एक नेताले बताए । बैठकले ४९ देखि ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गर्नुका साथै आगामी असार चार गते राजधानीमा बृहत सभाको आयोजना गर्ने तय समेत गरेको छ ।
माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुषाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण