बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संविधानको पुनः लेखन सम्भव छैन, संशोधन गर्न सकिन्छ : काँग्रेस नेता सिटौला

सोमबार, १० जेठ २०७३, १४ : ५७
सोमबार, १० जेठ २०७३
मोरङ - नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मधेसवादी दलले भनेजस्तो संविधानको पुनः लेखन सम्भव नभए पनि आवश्यक संशोधन गर्न भने सकिने बताएका छन् । आज सञ्चारकर्मीसँग विराटनगरमा काँगे्रस पूर्वमहामन्त्री सिटौलाले देशमा सुशासन, राजनीतिक स्थायित्व, विकास र दिगो शान्ति स्थापना गर्न ठूला दलले मूल गन्तव्यमा अडिएर मार्गचित्र तयार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। उनले नयाँ संविधान कार्यान्वयन गर्न सरकार र सत्तापक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै संविधानका विषयमा उठेका असन्तुष्टिलाई वार्ताको टेबुलबाट समाधान गरिनुपर्ने धारणा राखे । नेता सिटौलाले सबै विषयमा दलबीच संवाद आवश्यक रहेको बताउँदै बजेट आएपछि सार्थक छलफलका लागि प्रयास गरिनुपर्ने बताए । नेता सिटौलाले देशमा दिगो शान्ति स्थापना गर्न मार्गचित्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप