महिला उद्यमी सम्मेलन काठमाडौँमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
सोमबार, १० जेठ २०७३, १५ : ०३
काठमाडौँ - घरेलु तथा साना उद्योगको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औँ राष्ट्रिय महाधिवेशन तथा २०औं महिला उद्यमी सम्मेलन यही जेठ २४ र २५ गते काठमाडौँमा हुने भएको छ ।
महाधिवेशनमा सङ्घ, वस्तुगत सङ्घ तथा सहकारी सदस्य गरी करिब ८०० जनाको सहभागिता हुने महासङ्घका महासचिव विष्णुबहादुर लुइँटेलले जानकारी दिए । सो महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनलाई सम्पन्न गर्न महासङ्घका अध्यक्ष सुरेश प्रधानको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेकार्यक्रम रहेको महासङ्घले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण