बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अब नेपाली कांग्रेसले देशलाई निकास दिन्छ : नेता पौडेल

सोमबार, १० जेठ २०७३, ०६ : २७
सोमबार, १० जेठ २०७३

नवलपरासी - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र मधेसवादी दलबीच आन्दोलनको समन्वय गर्ने काम अब नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् ।

आज रिपोर्टर्स क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै नेता पौडेलले भने – “आन्दोलनरत पक्ष र सरकारबीच वार्ता अब काँग्रेसले मिलाउँछ ।”

सो अवसरमा नेता पौडेलले सरकारले जनतामुखी काम गर्न नसकेको बताउँदै पहिला संविधान निर्माणमा अगुवा बनेको काँग्रेस अब संविधान कार्यान्वयनको काममा पनि अगुवा बन्नेछ ।

सरकारले अहिले घोषणा गरेका स्थानीय निर्वाचनको कुनै औचित्य नभएको बताउँदै नेता पौडेलले देश सङ्घीयतातर्फ उन्मुख भएकाले पुरानै गाविस वा नगरपालिका नभई सङ्घीयताका आधारमा गाउँपालिका, नगरपालिकाअनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गरे ।

देशमा देखिएका विभिन्न समस्या समाधान गर्ने काममा अब काँग्रेस अघि बढ्ने विचार राख्दै नेता पौडेलले अब देशलाई निकास दिन काँग्रेसले संविधान कार्यान्वयनका साथै लोकतन्त्र संस्थागत गर्न अघि बढ्ने विचार राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप