बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नयाँ शक्ति निकट संगठन विजयी

सोमबार, १० जेठ २०७३, १५ : २९
सोमबार, १० जेठ २०७३

काठमाडौं–नयाँ शक्ति निकट नेपाल समाजवादी होटल, क्यासिनो तथा रेस्टुरा मजदुर संघले आफु सहभागी पहिलो निर्वाचनमै विजय हासिल गरेको छ । होटेल सांग्रिलामा शनिबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अन्य संगठनहरुलाई पराजित गर्दै नयाँ शक्ति निकट नेपाल समाजवादी होटल, क्यासिनो तथा रेस्टुरा मजदुर संघले विजय हासिल गरेको हो । उक्त निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी लगायतका पार्टी निकट मजदुर संगठनहरुसँगको सहभागिता थियो । निर्वाचनबाट अध्यक्षमा गोकर्ण प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्षमा प्रकाश लम्साल, उपाध्यक्षमा गोपालप्रसाद बराल निर्वाचित भएका छन् । विजयी अधिकारी निकटम प्रतिद्वन्दी एमाओवादी निकट अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका उम्मेदवारलाई १९ मत बढीले पछि पार्दै विजयी बनेका हुन् । अधिकारीले ६४ मत पाएर विजयी भएका थिए ।

यसैगरी सचिवमा फुर्वा तामाङ, सहसचिवमा दुर्गा तिमल्सिना, कोषाध्यक्षमा गम्भीरजंग राई र सहकोषाध्यक्षमा न्हुच्छे भक्त तुइ तुइ निर्वाचित भएका छन् भने सदस्यहरुमा रामकुमार कार्की, नारायण गिरी, विष्णु राई र रमेश खड्का निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप