पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडायो , ७ विद्यार्थी घाइते
सल्यान– सोमबार दिउँसो पानीसँगै आएको हावाहुरीले सल्यानका दर्जन बढि विद्यालयको छाना उडाएको छ । दिउसो अकस्मात आएको हावाहुरीले विभिन्न विद्यालयको छाना उडाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । पानीसँगै आएको हावाहुरीले विदलयको छाना उडाउदा ढुंगा खस्दा श्री अमर माध्यमिक विदलय वागचौर नगरपालिका वडा न ३ चौरपानीका दुई विद्यार्थी घाइते भएका छन् । कक्षा ६ मा अध्ययनरत छात्रा पुष्पा गोसाई र ८ मा अध्ययनरत एलिना केसी घाइते भएको विदलयका लेखापाल द्रोण शर्माले जानकारी दिए । दुवै छात्राको स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएको उनले बताए । यस्तै देउराली माध्यमिक विद्यालय सिद्धेश्वरीमा नविन बुढाथोकी, गीता बुढाथोकी भाग्ने क्रममा घाइते विद्यालयको लेखापाल जनक चलाउनेले जानकारी दिए । यस्तै निम्न माध्यामिक विद्यालय जिमाली ४ विर्खेनेटीमा कक्षा ८ मा अध्ययनरत कुल बहादुर चलाउने र कक्षा ५ मा अध्ययनरत रवि वि.क. घाइते भएका छन् ।
हावाहुरीले अमरज्योति मावि चौरपानीको ४ कोठे भवन, महेन्द्र माध्यमिक विद्यालय जिमालीको ६ कोठे भवन,देउराली माध्यमिक विदलय सिद्धेश्वरी ५ कुइयाझोलको ४ कोठे भवन, हिमालय निम्न माध्यमिक विदलय सिद्धेश्वरी ८ डाँडाकटेरीको ५ कोठे भवन, प्रकृति प्राथमिक विदलय जिमाली ३, निम्न माध्यमिक विदलय जिमाली ४, कालिका प्राथमिक विदलय घाँजरीपिपल लगायत विभिन्न विद्यालयको छाना उडाएको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ । हावाहुरीले छाना उडाई दिएपछि सयौं विदार्थीहरुको पढाई प्रभावित भएको छ । लगातार वर्षा भईरहेका कारण विदलय बन्द गरिएको विद्यालयले जानकारी दिएका छन् । वर्षे विदा नहुँदै विदलय बन्द हुँदा निर्धारित समयमै पाठ्यक्रम पुरा नहुने देखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण