बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ठूलो परिमाणको अफिम तथा चरेशसहित राजधानीबाट तीन जना पक्राउ

सोमबार, १० जेठ २०७३, १५ : ४४
सोमबार, १० जेठ २०७३

काठमाडौं– लामो समयदेखि अफिम तथा चरेशको कारोवार गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको विषेश प्रहरीको टोलीले मकवानपुरका इन्द्र बहादुर कार्कि, धादिङका धनबहादुर तामाङ र राहुल तामाङलाई गत शुक्रवार साँझ बल्खु र कलंकी क्षेत्रबाट पक्राउ गरेको ब्युरोका डिआईजी जयबहादुर चन्दले जानकारी दिए ।

मकवानपुरका विभीन्न गाविसहरुमा धेरै बर्ष पहिलेदेखी लागु औषधको कार्टेलिङ गर्दै आएका कार्कीलाई ब्युरोले विगत चार बर्षदेखी निगरानी गर्दै आएको थियो ।

बल्खुबाट समातिएका ५५ बािर्षय ईन्द्र बहादुरको साथबाट प्रहरीले एक किलो अफिम बरामद गरेको छ । कार्कि यसअघी मकवानपुरका नामटार, कालिटार, भार्ता, सरिखेत, काँगडा र राँगसिराङ्ग गाविसमा अफिम, चरेश तथा गाँजा लगायतका लागु औषध कारोवारमा सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीले समातेको एक किलो अफिम भारत तर्फ अबैध तरिकाले विक्री वितरण गर्ने योजना बनाउँदै गर्दा कार्किलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

त्यस्तै धादिङ्का ३३ बर्षिय धन बहादुर तामाङ र २५ बािर्षय राहुल तामाङले ७ किलो अवैध लागु औषध चरेश सुट्केश भित्र फल्स बटन बनाएर लुकाई छिपाई विदेश पठाउने तयारी गर्दै थिए । कलंकिको मकालु पेट्रोल पम्पबाट पक्राउ परेको तामाङहरु मध्ये धन बहादुर लामो समयदेखि धादिङ स्थित आफ्नै घरमा फल्स बटन सहितका ब्याग आफैं तयार गरेर त्यसभित्र पाँच–सात किलो चरेश लुकाई छिपाई कारोबार गर्न खप्पिस भैसकेका थिए ।

धादिङमा फल्स बटन भित्र चरेश फिट गरेपछी काठमाडौंका लागु औषध कारोबारीहरु मार्फत उनले हङकङ र थाईल्याण्डमा त्यस्तो लागु औषध सप्लाई गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनएको छ ।

‘धनबहादुरले ठमेलबाट ६ हजारमा ब्याग खरिद गरेर त्यसमा फल्स बटन बनाई चास किलोसम्म चरेश लुकाउने गरेको पाईन्छ’ डिआईजी जयबहादुर चन्दले भने, ‘यसरी ब्याग तयार गर्दा एक लाख ११ हजार लागत लाग्ने र उनले ३९ हजार नाफा राखेर काठमाडौंको कारोबारीलाई ब्याग हस्तान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

डिआईजी चन्दका अनुसार सात किलो अबैध चरेशको बजार मुल्य हाल एक लाख पचहत्तर हजार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप