बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

डि बि लामाको आधुनिक गीति एल्बम ट्रु लभ सार्बजनिक

सोमबार, १० जेठ २०७३, १५ : ४६
सोमबार, १० जेठ २०७३

काठमाडौं – बिगत पाँच बर्षदेखि राजधानीस्थित कलानिधी इन्दिरा संगीत महाबिद्यालयमा संगीत अध्यन गरिरहेका डिबि लामाले आधुनिक गिति एल्बम ट्रु लभ सार्वजनिक गरेको छ । रामेछाप जिल्ला ओख्रेनिमा जन्मिएका भएका गायक डि बि लामाले आफ्नो डेब्यु एल्बम स्रोतामाझ ल्याएका छन्।

जसमा चर्चित शब्द तथा रचनाकार रामचन्द्र अन्जान, बिनय लामा, उदिम राई, उमेश खड्का आदिको शब्द तथा संगीत समेटिएको छ भने एल्बमको केही गितहरुमा आफैले संगीत भरेका छन् ।

दुई ओटा गितको म्युजिक भिडिओ तयार भैसकेको र एउटा म्युजिक भिडिओ यु ट्युब मार्फत हालै सार्बजनिक गरिएको छ, एल्बममा आधुनिक, लोक पप गितहरु छन भने यो आफ्नो पहिलो प्रयास भएको र निरन्तर संगीत सृजनामा लागिरहने आगामी दिनमा स्रोताको भावानालाइ बुझेर सृजना पस्किने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप