बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकार र गठबन्धनवीचको बार्ताको मध्यस्थता अब कांग्रेसले गर्छः पौडेल

सोमबार, १० जेठ २०७३, १६ : ०४
सोमबार, १० जेठ २०७३

नवलपरासी– नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सरकार र आन्दोलनरत संघीय गठबन्धनवीचको बार्ताकोलागि नेपाली काग्रेसले मध्यस्थ गर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपाल नवलपरासी शाखाले सोमबार आयोजना गरेको साक्षात्कारमा मुलुकको समस्या समाधान गर्न आन्दोलनकारी र सरकारवीच मध्यस्थता गर्नु पर्ने जिम्मेवारी काग्रेसको काँधमा आएको दावी गर्दै अब आफूहरुले त्यसकोलागि पहल थाल्ने बताए । पौडेलले भने,‘ मुलुक डेडलकमा फसेको छ । हामी सबै पक्षसँग कुरा गरेर बार्ताको बातावरण बनाउँछौ ।’ उनले अब काग्रेसले बार्तासँगै संविधान कार्यान्वयनकोलागि समेत नेतृत्व लिने स्पष्ट पारे । पौडेलले भने,‘ देशमा तत्काल देखिएको विभिन्न समस्या समाधान काग्रेस अघि बढ्छ । अब देशलाई निकास दिन काँग्रेसले संबिधान कार्यान्वन साथै लोकतन्त्र संस्थागत गर्न आफूलाई केन्द्रीत गर्छ । सरकारले जनता मुखी काम गर्न सकेन ।’

उनले सरकारले घोषणा गरेका स्थानिय निर्वाचन कुनै औचित्य नभएको दावी गर्दै देश संघीयता तर्फ उन्मुख भईसकेकोले पुरानौ गाविस वा नगरपालीकाको नभई संघीयता आधारमा गाउँपालीका ,नगरपालीका अनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप