बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जगदम्बा सिमेन्टको १०० भन्दा बढी निर्माणकर्मीहरुलाई तालिम कार्यक्रम

सोमबार, १० जेठ २०७३, १६ : ०८
सोमबार, १० जेठ २०७३

काठमाडौं – सुरक्षित तथा दिगो संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जनाकारी प्रदान गर्ने उद्देश्यका साथ जगदम्बा सिमेन्टले कलङ्की क्षेत्रका राजमिस्त्री, स्थानीय ठेकेदार, तथा डिलरहरुको भेला जेष्ठ ७ गते सम्पन्न ग¥यो । उक्त भेलामा कम्पनीका ई. निरज मल्लले विशेष तालिम प्रदान गरेका छन् । कार्यक्रममा १०० भन्दा बढी निर्माणकर्मीहरुको उपस्थिति थियो जस्मा राजमिस्त्री, ठेकेदार, डिलर तथा कम्पनी प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमका संयोजक कम्पनीका वरिष्ठ बिक्री प्रबन्धक रोशन पाठकले गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपता भएको जगदम्बा सिमेन्टले आफ्ना उत्पादन तथा सहि निर्माण विधिका बारेमा उपभोक्तालाई साक्षर गराउने उद्देश्यले देशको विभिन्न ठाउँमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा निर्माणकर्मी तथा इन्जिनियरहरुको तहमा पनि गर्दै जाने बताए । कम्पनीका अर्का बिक्री प्रबन्धक दिनेश सुवेदीज्यूले जगदम्बा सिमेन्ट उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम गरी रहेको छ र यसै आर्थिक वर्षमा पनि मजबुती र बिमा सुरक्षा दुई गुणा नारा सहित जगदम्बा सिमेन्ट होम इन्सुरेन्स क्याम्पेन नामक कार्यक्रम ल्याएको बताए । उनले अहिले सरकारले अघि सारेको पुनः निर्माण कार्यलाई पनि सुरक्षित र व्यवस्थित गर्न कम्पनीले आफ्नो तहबाट लागी परेको जानकारी दिए । त्यसगरी कम्पनीका आयोजना प्रमुख सुनिल पौडेलले प्राविधिकहरुको सल्लाह बमोजीम नै निर्माण दिगो हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप