बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रले देशभर एकता भेला गर्ने

सोमबार, १० जेठ २०७३, १६ : १७
सोमबार, १० जेठ २०७३

काठमाडौं–हालै विभिन्न १० माओवादी घटक मिलेर बनेको नेकपा माओवादी केन्द्रले एकताको सन्देश दिनेगरी देशब्यापी भेला भर्ने भएको छ । आज बसेको केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले सो निर्णय गरेको हो ।

आगामी जेठ २० गते ३ नम्बरको एकता भेला काठमाडौमा गरेर उद्घाटन हुने भेला असार ११ गते सम्मे चल्ने केन्द्रिय सदस्य सुदर्शन बरालले बताए ।

जेठ २२ गते दुई नम्बरको बर्दिबासमा २४ गते चार नम्बरको पोखरामा, २६ गते ५ नम्बर प्रदेशको दाङ्गमा , २८ गते ६ नम्बरको सुर्खेतमा, असार ८ गते एक नम्बर प्रदेशको ईटहरी र असार ११ गते ७ नम्बरको धनगडीमा एकता भेला हुने छन् । त्यसका लागि हरेक प्रदेशमा एकता संयोजन समिति समेत गठन भएका छन् ।

बैठकले पार्टीभित्र विभिन्न कार्यविधि बनाउन एक उच्चस्तरीय कार्यदल गठन गरेको छ । वर्षमान पुन अनन्तको संयोजकत्वमा गठन भएको कार्यदलले जिल्ला सम्मेलन र प्रदेश सम्मेलनको महाधिवेशनको कार्यविधी र संगठनको ढाँचा बनाउने छ । बैठकले केन्द्रिय समितिमा थप गर्ने १ सय जनाको पनि एक हप्तामा टुंगो लगाउने निर्णय गरेको छ । ‘तर अन्य कम्युनिष्ट पार्टीसंग पनि एकता जारी रहने भएकोले केही पद बाँकी नै रहन्छन्’ केन्द्रिय सदस्य बरालले भने ।

प्रचण्डको नेतृत्वमा ९ सदस्यीय हेर्डक्वाटर बनाउने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रको प्रवक्तामा पम्फा भुषाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप