बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सडकले जोडिदैँ डोल्पा, सीमासम्म गाडी पुगेपछि खुशियाली

सोमबार, १० जेठ २०७३, १६ : ३३
सोमबार, १० जेठ २०७३
डोल्पा –सडक यातायातको पहुँच  नपुगेको डोल्पा सडक राष्ट्रिय सडक सञ्जालसंग जोडिन थालेको छ ।जाजरकोट—डोल्पा सडकखण्ड अन्र्तगत रुकुम गोतामकोटको छहरेबगरदेखि मनकाबगरसम्मको १६ किलोमिटर बाटोमा गत सोमबारदेखि जीप संञ्चालन भएपछि डोल्पालीहरुमा खुसियाली छाएको छ । जीप सञ्चालनपछि विशेष गरेर रुकुमको गोतामकोट,जाजरकोटको भगवती गाविसका स्थानियहरु प्रत्यक्ष लामान्वित भएकाछन् भने डोल्पालीहरुको दैनिकीमा पनि सहजता आएको छ  । अहिले यस सडकमा तिन वटा जीप र तिन वटा ट्याकटर संञ्चालनमा ल्याईएको सेनाले बताएको छ । जीप,ट्याक्टर संञ्चानपछि खच्चड व्यवसाहिहरुपनि उत्साहित भएका छन्,यो भन्दा पहिला सामान ढुवानी गर्न तल्नुबगर पुग्नुपथ्र्यो । सडक खुलेकाले मनकाबगरबाटनै सामान ढुवानीगर्न पाईने भएपछि चार घण्टाको दुरी कम भएको खच्चड व्यवसायि शंकविर कुलालले बताए । सडक विस्तारले एक ठाउँको उत्पादन अर्कोठाउँमा पु¥याएर आर्थिक समृद्धिमापनि बृद्धिहुनुका साथै छिमेकी जिल्लाहरुबिच आत्मियता समेत बडाउने त्रिपुराकोटका स्थानिय रमानन्द उपाध्यायले बताए । डोल्पा सम्म सडक संञ्जालको पँहुच नहुँदा मंहगीले दैनिक उपभोग्यवस्तु छोईनसक्नु हुन्छ । सिमासम्म गाडि पुगेपछि मुल्यमा केहिकमी आउने भएको छ । डोल्पाको तल्लो भेगमाबस्ने सर्बसाधारणहरुमा झन् धेरै उत्साह छाएको छ । कालिका,सर्मी,नर्कु लगायतको गाविसवाट तिन चार घण्टामै गाडि भेटाईने भएपछि तुलनात्मक रुपमा उत्साह धेरै छाएको कालिका गाविसका स्थानियबासिहरुले बताएका छन् । राजमार्गले अहिले सम्मपनि छुन नसकेको डोल्पामा राष्ट्रिय सडक संञ्जालसंग जोडिन थालेपछि डोल्पालीमा खुसिको सिमा छैन। सरकारले तय गरेको लक्ष्य अनुरुप दुई बर्ष भित्रै सडकको पँहुच बिस्तारगर्न युद्धस्तरमा धमाधम निर्माणकार्य भईरहेको सेनाले बताएको छ । जाजरकोट डोल्पा सडकखण्डको जम्मा एकसय अठार किलोमिटर मध्ये एकसय दुई किलोमिटर सडकखण्डको निर्माणकार्य भईसकेको र बाँकी सोह्र किलोमिटर निर्माणकोलागि अहोरात्र कामभईरहेको कार्यदल प्रमुख कर्नेल बिश्व बन्दु पहाडीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप