न्युयोर्कमा नेपाल ‘डे’ परेड
सोमबार, १० जेठ २०७३, १६ : ४२
न्यूयोर्क-विश्वको वित्तीय राजधानी न्युयोर्कमा नेपालको सांस्कृतिक र सामाजिक पक्ष झल्किने गरी एकदिने नेपाल ‘डे’ परेडको आयोजना गरियो ।
उक्त परेडको संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका कार्यबाहक प्रमुख सेवा लम्सालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा तीन घन्टासम्म नेपाली सांस्कृतिक कार्यक्रम र झाँकीहरु प्रदर्शन गरिएको थियो । न्युयोर्कको म्यानहटनमा गरिएको उक्त प्रदर्शनी नेपाल र नेपाली संस्कृति झल्काउने गरी अमेरिकामा गरिएको पहिलो प्रदर्शनी हो ।
कार्यक्रमका आयोजकमध्ये एक जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले रासससँग कुरा गर्दै भन्नुभयो – “हामीले सोचेभन्दा कार्यक्रम निकै सफल भयो ।” म्यानहटनको ब्रोड ‘वे’ को २९ स्ट्रिटदेखि १० वटा ब्लकमा नेपाली तथा अमेरिकी झन्डा, पञ्चेबाजा, विभिन्न जातजातिका पोसाकमा सजिएका समूहबाट नेपालको झल्को दिने काम भएको थियो ।
अमेरिकामा विभिन्न पेसामा रहेका व्यक्ति, विद्यार्थी तथा कलाकारको समेत सहभागिता रहेको उक्त कार्यक्रममा “हिमाल, पहाड, तराई हाम्रो विशेषता, नेपालीको एकता” भन्ने भावलाई मुखरित गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण