कसौडी घरको मःम उत्पादनमा रोक
काठमाडौं – ललितपुरको पुलचोकस्थित कसौडी चुलोमा अनिश्चितकालका लागि मःमको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार पुल्चोकस्थित युएन हाउसको अगाडीपट्टिको उक्त चुलोको ममको उत्पादनमा रोक लगाएको हो । विभागका महानिर्देशक संजीवकुमार कर्णका अनुसार उपभोक्ताको गुनासोको आधारमा कसौडी चुलोमा अनुगमन गर्दा कसौडीले उत्पादन गर्दैआएको मोमोको उत्पादन कक्ष निक्कै फोहोर र दुर्गघन्धीत अवस्थामा भेटिएको थियो । उनका अनुसार मोमो राख्ने भाडा र फ्रिज पनि निक्कै फोहोर अवस्थामा भेटिएको थियो । नाम चलेको त्यस्तो रेष्टुरामा मोमो उत्पादन गर्ने स्थल ढलभन्दा पनि निक्कै फोहोरमय भेटिएको भन्दै महानिर्देशक कर्णले उक्त उत्पादन केन्द्रबाट उत्पादित मोमोको गुणस्तर पनि उचित नभएको जानकारी दिए । उनकाअनुसार फोहोर र दुर्घन्धित भेटिएपनि अनिश्चितकालका लागि मोमोको उत्पादन केन्द्र बन्द गराइएको छ । यसैगरी उत्पादित मोमोको गुणस्तर परीक्षण गर्न केही नमूना पनि संकलन गरिएको छ । परीक्षणको क्रममा मोमोमा थप समस्या भेटिए थप कारवाहीको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण