‘रगतको विकल्प रगत’
पोखरा -रगतको विकल्प रगत नै भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपाल रेडक्रस सोसाईटी कास्कीद्धारा विहीवार पोखरामा आयोजित रक्तदाता अभिमुखिकरण कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले मानिसको शरीरमा प्रत्येक १ सय २० दिनमा खेर जाने रगत दान गरेर कसैको ज्यान वचाउँने कुरामा सवै नागरिक सचेत हुनु पर्ने वताए ।
सो अवसरमा वोल्दै पोखरा विश्व विद्यालयका भिसी डा विष्णुराज तिवारीले शरीरमा खेर जाने रगतलाई सदूपयोग गर्दै जीवन मरणको दोसाँधमा रहेका नागरिकको प्राण वचाउनु सवै भन्दा ठूलो धर्म भएको वताए । मानिसको शरीरमा भएको कूल रगतको ७ प्रतिशत रगत मात्रै एक पटकमा निकालिने भएकोले रक्तदान गर्दा कोही पनि डराउनु पर्ने अवस्था नरहेको उनले वताए । समाजमा १८ वर्ष भन्दामाथि ६० वर्ष भित्रका ४५ किलो तौल भएका स्वास्थ्य स्वास्थ्य मानिसले रक्तदान गर्न सक्ने उनले वताएका छन् । रक्तदानवाट कुनै साईड इफेक्ट समेत नभएको उनले जानकारी दिएका छन् । कार्यक्रममा वोल्दै केन्द्रीय रक्तसंञ्चार केन्द्रका डा मुकुन्दा शर्माले अन्ध विश्वासलाई हटाएर रक्तदानलाई समाजमा प्रोत्साहन गर्नु पर्ने वताईन् । उनले जीवनमा कसैले कसैलाई वचाउनु नै त्यो भन्दा ठूलो पूण्य अरु केही हुन नसक्ने वताईन् । नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष वामदेव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वामदेव ढुंगाना, संञ्चरकर्मी दीपेन्द्र श्रेष्ठ लगायतले वोलेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण