मन्त्री र सचिव संसदीय समितिमा उपस्थित नभएपछि प्रधानमन्त्री र मुख्यसचिवलाई पत्राचार गर्ने निर्णय
काठमाडौँ - व्यवस्थापिका–संसद्को वातावरण समितिले आमन्त्रण गरिएका मन्त्री र सचिव बैठकमा उपस्थित नभएपछि आवश्यक निर्देशनका लागि प्रधानमन्त्री र मुख्यसचिवलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
समितिको आजको बैठकमा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री शिवलाल थापा र सचिव गजेन्द्रकुमार ठाकुरलाई आमन्त्रण गरिएको थियो ।
विज्ञान तथा प्र्रविधि मन्त्रालयको कार्यक्रममाथि छलफल गर्ने बैठकको कार्यसूची तय भएकामा उनीहरु दुवैजना बिनाजानकारी समितिको बैठकमा अनुपस्थित रहेको समितिले जनाएको छ ।
उहाँहरुको अनुपस्थितिले समितिको काम कारबाहीमा बाधा पर्न गएको र सोही कारणबाट समितिको आजको बैठक स्थगन गर्नुपरेको व्यहोरा खुलाएर समितिले प्रधानमन्त्री र मुख्य सचिवलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
मन्त्री र सचिव बैठकमा नआएको बारेमा आवश्यक निर्देशनका लागि प्रधानमन्त्री र मुख्य सचिवलाई जानकारी गराउने निर्णय गरेको समितिले प्रेस वक्तव्यमार्फत जानकारी गराएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण