बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पार्टी फुटबारे गजुरेलको टिप्प्णी : पार्टीका पातपतिङ्गर सबै हावाले उडायो

सोमबार, १० जेठ २०७३, १७ : ११
सोमबार, १० जेठ २०७३

सिन्धुलीमाढी - नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले अब पार्टी बल्ल शुद्धीकरण भएको बताएका छन् ।

नेकपा माओवादी क्रान्त्रिकारी सिन्धुली जिल्ला समितिले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा पार्टीलाई कुनै असर नपर्ने दाबी गरे ।

अहिले एकताको ठूलो हावाहुरी चलेको र हावाहुरीमा पार्टी छाडेर जानेलाई पतिङ्गरको सङ्ज्ञा दिँदै उनले अडिन नसक्नेहरु सबै उडेर गएकाले आफूहरुका एजेन्डामा कुनै असर नपरेको बताए । अहिले कम्युनिस्ट सबै एकता भयो भनेर माओवादीले हल्ला फैलाए पनि कम्युनिस्ट र गैरकम्युनिस्टको मिश्रण भएको र निर्वाचनमुखी भएको उनको टिप्पणी थियो ।

यही असार ५ गते पार्टीको राष्ट्रिय भेला हुने जानकारी दिँदै उनले पार्टीले तत्काल आन्दोलन नगर्ने तर पार्टी र सङ्गठनलाई पुनर्गठन गर्ने बताउनुभयो । युद्धकालीन मुद्दाका सवालमा माओवादीहरुसँग कार्यगत एकता हुने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप