बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

युएईमा नेपालीको लिभिङ टुगेदर

सोमबार, १० जेठ २०७३, १७ : ३५
सोमबार, १० जेठ २०७३

युएई -  झापा बिर्तामोडका सुदीप घिमिरे ७ बर्षदेखि  युएईमा बस्दै आईरहेका छन्। उनी २ छोराका पिता हुन्  । केही बर्ष यता उनी पोखराकी माया शर्मा सँग "लिभिङ टुगेदर" मा ब्यस्त छन् ।

बिदेशमा लोग्ने अर्कै युवतीसँग लिभिङ टुगेदरमा बस्छन् भन्ने सुईको पाए पश्चात उनकी श्रीमती कोपिला घिमिरे डिप्रेसनको शिकार बनिन् ।

अन्तत कोपिलाले पनि आफ्ना नाबालक २ छोराहरुलाई घरमै छोडेर अर्कै सित विवाह गरिन । अहिले कोपिलाको जीबनमा खुशीयाली छाएको छ । उनी भन्छिन- "श्रीमानले धोका दिए पछी धोकेबाज श्रीमान सम्झेर रोएर बस्नु भन्दा जीबनलाई नयाँ शिराबाट सुरु गर्नु ठीक सम्झेर दोस्रो विवाह गरेको हुँ ।" उनी आफुले गल्ती नगरेको दाबी गर्छिन । " मेरा छोराहरुको मायालाई म कहिल्यै पनि भुल्ने छैन, आखिर आमा त म नै हो नि ।" उनले भनिन । केही समयको लागि टाढिनु बाध्यता भएकोले छोराहरुले बुझ्ने भए पछी आफुलाई माफ गर्ने उनको ठम्याई छ ।

यता सुदीप सँग लिभिङ टुगेदरमा रहेकी माया पनि विबाहित महिला हुन । लोग्ने पनि बैदेशिक रोजगारकै शिलशिलामा साउदी तिर छन । ५ बर्षको छोरोलाई माइतमा छोडेर आएकी मायालाई भने अरुले आफ्नो बारेमा चियोचासो गरेको पटक्कै मन परेको छैन । "म जे सुकै गरौ, जो सुकै सँग जाउँ, जे सुकै खाउँ, जता बसौ, जो सुकै सँग सुतौ कसलाई के मतलब ?" उनी साथीहरु सँग यसै भन्छिन्  । उनी यसलाई आफ्नो अधिकार र स्वतन्त्रता सँग जोडेर आफ्नो बारेमा धेरै चासो नराख्न आग्रह समेत गर्छिन । लिभिङ टुगेदर मात्र हो कि भबिस्यमा विवाह पनि गर्ने बिचार छ ? भन्ने प्रश्नमा जे पनि हुन सक्ने बताउँछिन उनी । विवाह नै गर्नु पर्छ वा विवाह हुन्छ नै भन्नेमा उनी स्वयम पनि विश्वस्त छैनन्  ।

झण्डै १० बर्ष देखी दुबईमा रहेका नुवाकोटका हरी तामाङ् (नाम परिबर्तन) नेपालबाट आफ्नी पूर्व प्रेमिकालाई झिकाए । उनी लामो समय सम्म ती प्रेमिकासँग रूम शेयरिङ्गमा बसे । नेपालको मध्य पश्चिम क्षेत्र घर भएका उनका जवान छोराछोरी र श्रीमती नेपालमै छन्  । तर पनि उनले प्रेमिकाको मायालाई बिर्सन सकेनन्  र आफु बसेको ठाउँमा झिकाएर लामो समय सम्म सँगै बसे । उनी युएईका चल्तापुर्जा सामाजिक कार्यकर्ता पनि हुन्न् ।

माथि उल्लेखित ब्यक्तीहरु प्रतिनिधि पात्रहरु मात्र हुन् । रोजगारीको शिलसिलामा युएईमा रहेर लिभिङ रेलेशनशिपमा रहने नेपालीहरु आजकाल प्रशस्त मात्रामा भेटिने गरेका छन्  । यसरी रहनेहरुमा अविवाहित र विवाहित दुबै रहेका छन्  । युएईमा रहेका एक नेपाली संचारकर्मी भन्छन, आफुलाई समाजसेवी भन्नेहरु यस्तो कृयाकलापमा अझ बढी देखिन्छन्  । केही राजनतीक दलका नेता तथा कार्यकर्ताहरु पनि यसरी बसेका पाईन्छन्  । लिभिङ टुगेदरमा रहनेहरुमा केही नेपाली ब्यवसायी समेत रहेको जानकारुहरु बताउँछन्  ।

यसरी लिभिङ टुगेदर रिलेसनशिपमा बस्नेहरु प्रायले १ बेडरूम वा २ बेडरूम फ्ल्याट लिने गरेको पाईन्छ । उनीहरु एउटा कोठामा आफु बसेर अर्को कोठा भाडामा लगाउने गर्दछन । भाडामा लगाएको कोठाको लागि भरसक्के आफुलाई नचिन्ने श्रीमान श्रीमती हुनु उनिहरुको पहिलो रोजाइ हो । यसरी कोठा शेयर गर्न आउनेहरु पनि श्रीमान श्रीमती नै हुन भन्ने पनि कुनै ग्यारेन्टी भने हुन्न । केहीले भने युवतीहरुको कोठा भाडा तिरिदिने र बेलाबखत रात बिताउने गरेको सेमत पाइएको छ ।

आखिर नेपालीहरु किन यसो गर्छन् त ? एनआरएन युएईका युवा संयोजक निश्चल दाहाल भन्छन- “ धार्मिक र पारिवारिक बन्धनमा बाँधिएका हामीहरु यहाँ आए पछी अली छाडा हुन्छौँ । अभिभावक बिहिन हुन्छौँ । नेपालीहरु एक आपसमा निचिन्ने हुनाले ईज्जत जाला कि भन्ने डर पनि रहेन । अर्को कुरा यौन चाहना पनि होला जुन हाम्रो समाजमा विवाहपुर्ब बर्जित छ, यहाँ आए पछी स्वतत्र रुपमा जे गरे पनि भो ।“ दाहालका अनुसार यस्तै कारणले बैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरुको घर ब्यवहार बिग्रेको छ । उनीहरुको पारिवारिक बातावरण धुमलिएको छ ।

युएईको कानुनले भने बिबाह पूर्व यसरी सँगै बस्न अनुमती दिएको छैन । तथापी युएईमा मानब अधिकारलाई उच्च सम्मान गरिन्छ । ब्यक्तिको गोपनियतालाई कायम राखिन्छ । जब सम्म कुनै गैर कानुनी कृयाकलाप हुँदै गरेको जानकारी स्थानिय प्रशासनलाई हुँदैन तबसम्म यहाँ कसैको खोजीनिती गरिदैन । यस् अर्थमा कसैको पनि फ्ल्याटमा बिना कारण खानतलास गरिदैन ।

(उल्लेख गरिएका पात्रहरुको नाम परिवर्तन गरिएको छ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप