ठकुरीको बच्चालाई राजा बनाउनु पर्छ : स्वामी कमलनयनचार्य
इटहरी –मुक्तिधामका पीठाधीश स्वामी कमलनयनचार्यले कुनै एक गरीब ठकुरी नेपालीलाई राजसंस्थाको उत्तराधिकारी घोषित गर्नु पर्ने बताएका छन् । देश र जनता गरिव नभए पनि देशका नेताहरुका कारण हिन्दु राष्ट्र बरबाद हुँदै गएको बताउदै एक ठकुरीलाई ल्याई उत्तराधिकारी घोषित गर्नु पर्ने कमलनयनचार्यको भनाई थियो । इटहरीमा संञ्चारकर्मी बिच कुराकानी गदै कमलनयनचार्यले देशका नेताहरुले सुनको थालीमा कनिकाको भिख माग्ने प्रबृति भएकै कारण देश कङ्गाल बनेको आरोप लगाए । हिन्दु धर्मको रक्षा गर्नु आफ्नो कर्तव्य भएको समेत बताउदै वैधिक सनातन हिन्दु धर्मले सम्पुर्ण प्राणि जगतको रक्षा गर्र्ने भन्र्दै नैतिकता, सदाचार जस्ता गुणको आधार धर्मलाई जगेर्ना गुर्नपर्नेमा जोड दिए । नेपालको राजनीतिक गतिविधिले असन्तुष्ट बनेका स्वामी कमलनयनाचार्यले लोकतन्त्रमा राजतन्त्रको भन्दा दश गुणा बढि भ्रष्टचार र व्यथिती बढेको समेत आरोप लगाए । नैतिकता, सदाचार लगाएत सम्पुर्ण कुराको जड धर्म रहेको भन्दै त्यसको रक्षा गर्न सके वेथिती सुद्रिनेमा उनको जोड थियो । स्वामी कमलनयनाचार्यले नेपालको पर्यटकिय सम्भाव्यताा बोकेका देवस्थल, तीर्थ स्थलको जस्ता सम्पदाको जगेर्ना गरे देशको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाई थियो । नेपालको धार्मिक पर्यटनबाट छिमेकी मुलुक भारतका तिर्थ यात्रीहरु तानिने संकेत गर्दै त्यसले आर्थिक समृद्धिमा नेपाललाई थप मदत पुग्ने उनको जोड थियो । ताप्लेजुङमा रहेको पाथीभरा माताको दर्शन गरेर फर्किएका कमलनयनचार्यले देशमा कुनै पनि प्राकृतिक बिपत्ती फेरी नफर्कियोस भन्ने कामनाकासाथ भक्तिपूर्वक पूजापाठ गरेको जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण