बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विश्वविद्यालय बन्द नगर्न प्रजातन्त्रवादी प्राध्यापकहरुको आग्रह

सोमबार, १० जेठ २०७३, १७ : ४५
सोमबार, १० जेठ २०७३
काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालयमा विश्वविद्यालयलाई नै असर पुग्नेगरी भएको तालाबन्दी प्रति प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले गंभिर आपत्ति जनाएको छ । पहिले देखि नै आर्थिक समस्यामा रहँदै आएकोमा विश्वविद्यालयमा थप समस्याहरु सिर्जना हुनेगरी भईरहेका गतिविधिप्रति संघले आज प्रेस विज्ञप्ती जारी गरी चिन्ता व्यक्त गरेको छ । संघका केन्द्रीय कोषाध्यक्ष तथा संघका तर्फबाट नेपाल संस्कृत विश्वविद्यालय प्रतिनिधि विष्णुप्रसाद पोख्रेलले जारी गर्नु भएको विज्ञप्तीमा विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरिएको छ । प्रत्येक समस्याको समाधान तालाबन्दी नै हो भन्ने गलत मानसिकताको कारण विश्वविद्यायलाई अहिले सामान्य समस्याले पनि जटिल बनाउँदै लगेको पोख्रेलले विज्ञप्तीमा लेख्नु भएको छ । वार्ता बाहेक अन्य प्रक्रिया अप्नाउदा आउने परिणामको जिम्मेवारी तालाबन्दी गर्ने सङ्गठन नै तर्फ ध्यानाकर्षण गराउदै बार्ता मार्फत् नै समस्याको समाधान गर्न उचित हुने संघको ठहर रहेको विज्ञप्तीमा उल्लेख छ । दाङको बेलझुण्डीमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा यही जेठ ६ गतेदेखि अनिश्चितकालनका लागि भन्दै तालाबान्दी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप