बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हावाहुरीले तीन लाखको लिची क्षति

सोमबार, १० जेठ २०७३, १७ : ५२
सोमबार, १० जेठ २०७३
पाल्पा– आज आएको हावाहुरीले जिल्लाको हुँगीमा करिब रु तीन लाख बराबरको लिचीमा क्षति पुगेको छ ।

हावाहुरीले यहाँ बिक्री गर्न तयार भएका लिची झारेर नष्ट हुँदा किसानलाई नोक्सानी पुगेको हो । लिची उत्पादनको पकेट क्षेत्र हुँगीका किसानले बर्सेनि लिची उत्पादन गरी बुटवल, स्याङ्जा, पोखरा, चितवनलगायतका बजारमा बिक्री गर्दै आएका छन् ।

स्थानीय कृषक अरुणप्रकाश पन्तले हावाले करिब रु ५० हजार बढीको लिची नष्ट भएको बताए । उनी लिची बिक्री गरी बर्सेनि रु एक लाख ५० हजार बढीको आम्दानी लिन्छन् । त्यसैगरी स्थानीय दिवाकर पन्तको पनि करिब रु २० हजार बराबरको लिची नष्ट भएको छ । यहाँका १०० बढी किसानले बर्सेनि लिची बिक्री गरेर मनग्य आम्दानी लिँदै आएका छन् भने यहाँका प्रत्येक किसानले अभियानका रुपमा घर घरमा लिची लगाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप