बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुनिललाई अमेरिकामा अर्को स्वर्ण

सोमबार, १० जेठ २०७३, १८ : १७
सोमबार, १० जेठ २०७३
अमेरिकामा प्रशिक्षणका क्रममा रहेका ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामाले ‘२२ औं ट्राडिसनल कराते डो आमन्त्रण च्याम्पियनसिप’ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सोतोजुकु कराते डोजोको आयोजनामा मे २२, २०१६ मा न्यूयोर्कमा आयोजित प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो चरणमा वाई पाउँदै सेमिफाइनल प्रवेश गरेका सुनिलले अमेरिकी खेलाडी जोय कास्ट्रोलाई ७–३ अंकले पराजित गर्दै फाईनलमा स्थान बनाएका थिए । फाईनलमा विल टोरेसलाई १–० ले पराजित गर्दै स्वर्ण हात पार्न सफल भएको सुनिलले जानकारी गराए । सो प्रतियोगितामा १३ औं बैंकक एसियाडमा करातेका कास्य पदक विजेता सम्बर बहादुर गोलेले निर्णायकको भुमिका निर्वाह गरेको आठौ र नवौं सागका स्वर्ण विजेता एवं कराते राष्ट्रिय प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् । सुनिल सन् २०१२ मा हङ्गकङ्गमा आयोजित १३औं एशियन प्यासिफिक कराते प्रतियोगिताका पनि स्वर्ण विजेता हुन् । अमेरिकाको न्यू योर्कस्थित गोसिन रियो कराते एकेडेमीमा प्रशिक्षण लिई रहेका सुनिलले यस अघि पनि न्यू योर्कमा अप्रिल २५ मा आयोजित २१ औं एन्युएल हेराल्डोज काई सोबुकान कराते च्याम्पियनसिपमा स्वर्ण जित्दै २०० युएस डलर हात पार्न सफल भएका थिए । प्रशिक्षणका लागि करिव ३ महिना अमेरिकामानै रहने कार्यक्रम रहेको सुनिलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप