बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पानीसँगै आएको हावाहुरीबाट ठूलो क्षति

सोमबार, १० जेठ २०७३, १८ : २७
सोमबार, १० जेठ २०७३

दाङ–पानीसँगै आएको हावाहुरीका कारण रोल्पाको सुरपालमा करिब ७ लाख बढीको क्षति भएको अस्थाई प्रहरी पोष्ट सुरपालले जनाएको छ । सोमबार विहान पानीसँगै आएको हावाहुरीले जिल्लाको मसिना गाविस–३ सुरपालमा दुई वटा निजी घर र एउटा सरकारी भवन पूर्ण रुपमा क्षति भएको छ भने ६ वटा घरमा आंशिक क्षति पुगेको अस्थाई प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक दामोदर डाँगीले जानकारी दिए ।

हावाहुरीले सुरपाल निवासी पोष्टबहादुर गन्धर्वको तीन कोठे घर, नरेन्द्र घर्तीको ४ कोठे घर र सुरपाल ९ कट्टेधारामा रहेको गाउँघर खोप क्लिनिकको सरकारी भवनमा पूर्ण रुपले क्षति पु¥याएको डाँगीले बताए ।

त्यसैगरी सोही ठाउँ निवासी तुलसीपुराम कामी, कोषलाल पुन, गणेश गिरी, हुर्जित खत्री, राजु गिरी र तारा नेपालीको घरमा आंशिक क्षति पु¥याएको प्रहरीले बताएको छ । पानीसँगै आएको हावाहुरीले घरको छाना उडाउनुका साथै घर भत्किएपछि पिडितहरु खुल्ला अकाशमुनि बस्न बाध्य भएका छन् ।

उता हावाहुरीले सल्यानका २ वटा विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । घाँजरीपीपल–८ मा रहेको कालीका प्राविको ५ कोठे भवनको छाना हावाहुरलिे उडाएपछि विद्यालय बन्द भएको छ । विद्यार्थीहरुले बिहान प्रार्थना गरिरहेका बेला आएको हावाहुरीले छाना उडाएपछि विद्यार्थीहरुलाई घर पठाईदिएको विद्यालयका प्रधानअध्यापक टंक प्रशाद शर्माले जानकारी दिएका छन् । यस्तै जीमाली गाविसमा रहेको महेन्द्र उच्च मावि ठूलीजीमालीमा रहेको २ वटा भवनको छाना हावाहुरीले उडाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप