दोहोरो करको विषयमा उद्योग वाणिज्य संघ र स्थानीय विकास अधिकारीहरुबीच अन्र्तक्रिया
दाङ–स्थानीय उत्पादनमा राज्यले दोहोरो कर लगाएको विषयमा छलफल गर्न भोली मंगलबार तुलसीपुरमा बृहत कार्यक्रम हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना एवं नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा राप्ति अञ्चल भरिको सबै उद्योग वाणिज्य संघ तथा स्थानीय विकास अधिकारीहरुको बीचमा अन्र्तक्रिया कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा स्थानीय उत्पादनमा सरकारले लिइरहेको जिविस कर लगायतका विषयमा छलफल गरि समाधान निकाल्ने प्रयास गरिने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । एक जिल्लाको उत्पादन अर्को जिल्लामा निकासी गर्दा राज्यले कर लगाएको भन्दै व्यवसायीहरु आक्रोशित समेत बनेका छन् ।
यसैबीच भोली मंगलबार दिउँसो तुलसीपुरमा हुने कार्यक्रममा उपस्थितिका लागि राप्तीका सबै वाणिज्य संघ तथा जिल्ला विकास समितिहरुमा खबर गरिसकेको हुँदा उपस्थितिका लागि सबैमा आग्रह गरेको छ । वाणिज्य संघका अध्यक्ष बिमल रिजाल र महासचिव नेत्रलाल वलिले आज एक विज्ञप्ति जारि गरि कार्यक्रममा उपस्थित हुन सबैमा आग्रह गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण