बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अफिम र चरेसको कारोबारी सार्वजनिक

सोमबार, १० जेठ २०७३, १८ : ४१
सोमबार, १० जेठ २०७३

काठमाडौं– अवैध लागुऔषध अफिम तथा चरेसको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको विशेष टोलीले मकवानपुर मनहरी– ३ घर बताउने ५५ वर्षीय इन्द्रबहादुर कार्कीलाई अवैध लागुऔषध अफिम एक किलोसहित यही जेठ ६ गते काठमाडौंको बल्खुबाट पक्राउ गरेको थियो । बरामद गरिएको अफिमको हालको बजार मूल्य रु एक लाख ५० हजार रहेको प्रहरीले जनाएको छ ।

अभियुक्त कार्की पहिलेदेखि नै मकवानपुरका नामटार, कालिकाटार, भार्ता, सरिखेत, काँगडा र रागसिराङ गाविसबाट अफिम, चरेस, गाजा लगायत लागुऔषध कारोबार संलग्न भएको जनाइएको छ ।

अभियुक्तले अफिम भारततर्फ बिक्री वितरण गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्युरोद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रहरीले सोही दिन कलङ्की मकालु पेट्रोल पम्प अगाडिबाट धादिङ भूमेस्थानका धनबहादुर तामाङ र राहुल तामाङलाई अवैध लागुऔषध चरेस सुटकेसभित्र फल्स बटम बनाई लुकाइछिपाई विदेश पठाउन तयार गरिएको अवस्थामा सात किलोसहित पक्राउ गरेको थियो ।

अभियुक्तले फल्स बटम सहितका ब्याग बनाएर पाँचदेखि सात किलोसम्म चरेस काठमाडौँका लागुऔषध कारोबारी मार्फत हङकङ र थाइल्यान्ड पठाउने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । उक्त परिमाणको चरेसको बजार मूल्य रु एक लाख ५० हजार बराबरको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप