चितुवाको छाला बोकेर हिँड्ने बुङ्मतीबाट समातिए
सोमबार, १० जेठ २०७३, १९ : ०७
ललितपुर– ललितपुरको कार्यविनायक नगरपालिका–१६ बुङ्मतीस्थित सडकमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बोकेर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेचबिखनका लागि दुई थान चितुवाको छाला बोकेर हिँडिरहेको सुचनाको आधारमा सुनसरीका सुन्दर राई, दक्षिणकालीका समशेर छिमी तामाङ र मकवानपुरका नक्कल बहादुर बललाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अभियुक्तहरुलाई आवश्यक कारवाहीका लागि ललितपुर जिल्ला वन कार्यालय हात्तिवन पठाईएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण