बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

करेन्ट लागेर हात्ती मरेपछि भारतमा सयौँ शोकाकूल (हेर्नुहोस् १० तस्बिर)

सोमबार, १० जेठ २०७३, १९ : ३८
सोमबार, १० जेठ २०७३

नयाँदिल्ली–भारतको आसामस्थित कामरुप जिल्लाको चक्रपानी गाउँमा आइतबार करेन्ट लागेर एक हात्तीको मृत्यु भएपछि सयौँ जनता शोकाकूल भएका छन् ।

जंगली हात्ती गाउँमा खाद्यान्नको खोजीमा आइपुगेको थियो । तर, गाउँमा केही व्यक्तिहरुले यस्तै हात्ती छिर्नसक्ने आशंकासहित आफ्नै ढंगबाट करेन्ट लाग्ने तार बिछ्याएका थिए ।

त्यस्तै तारमा परेर हात्तीले ज्यान गुमायो । यसपछि भने गाउँलेमा निराशा बढ्यो । आइतबार उनीहरुले हात्तीको मृत शरिरलाई अबिर र अन्य रंगले रंगाइदिए र हात्तीको दाहसंस्कार समेत गरे ।

मृत हात्ती हेर्नका लागि सयौँको संख्यामा सर्वसाधारणहरु भेला भएका थिए । एसियाटिक प्रजातीको यो जंगली हात्तीले गाउँमा एक स्टोरमा गएर धान खाएको थियो ।

त्यसपछि फर्कने क्रममा हाइ भोल्टेजको करेन्ट लागेर हात्तीको मृत्यु भएको हो । स्थानीय अधिकारीहरुका अनुसार मानिसको जनसंख्या बढ्दै जाँदा यस क्षेत्रमा जंगल फडानी बढेको छ । त्यसैले खाद्यान्नको खोजीमा वन्यजन्तुहरु गाउँ छिर्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप