मोबाइल झिक्न जाँदा करेन्ट लागी एकको मृत्यु
सोमबार, १० जेठ २०७३, १९ : ४२
ओखलढुंगा १० जेठ –ओखलढुंगाको ठुलाछापमा सोमबार करेन्ट लागेर एक जनाको मत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।
मुत्यु हुनेमा ठुलाछाप–१ का ३५ वर्षीया सिता घतानी रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहाले जानकारी दिए ।
घरको कोठाभित्र मोवाईल चार्ज गरिरहेको बेला खोटाङको बुईपा–ओखलढुंगा ११ केभी प्रसारण लाईनको घरछेउको पोलमा एक्कासी विद्युत सर्ट भई आगो बल्न थालेपछि मोवाईल निकाल्न जादाँ उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
करेन्ट लागेर सोही स्थानका १४ वर्षीया बालिका सरिता बिक घाईते भएकी छन् । घाईते बिकको अहिले स्वास्थ्य चौकी निशंखेमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा