बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संघीय गठबन्धनको मागबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

सोमबार, १० जेठ २०७३, २१ : ४९
सोमबार, १० जेठ २०७३
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दल सम्मिलित संघीय गठबन्धनले राखेका मागबारे छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत दलहरुलाई आमन्त्रण गरेका छन् । ii प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान साँढे १० बजे हुने छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । तर आन्दोलनरत गठबन्धनका नेताहरुले छलपलमा सहभागि नहुने बताएका छन् । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले छलफलमा सहभागि नहुने बताए । आफूहरुको मागबारे सुनुवाई हुने सम्भावना नरहेकाले बैठकमा सहभागि हुनुको औचित्य नरहेको उनको भनाई छ । संविधान संशोधनलगायतका विभिन्न २६ बुँदे माग राख्दै गठबन्धनले हाल राजधानी केन्द्रीत आन्दोलन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप