बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

निर्वाचन नसार्न नेपाल निजामति कर्मचारी युनियन संघको खबरदारी सभा

मङ्गलबार, ११ जेठ २०७३, ०७ : ०७
मङ्गलबार, ११ जेठ २०७३

वीरगंज –नेपाल निजामति कर्मचारी युनियन संघ पर्साले आधिकारीक निजामति कर्मचारी ट्रेड युनियनको निर्वाचन नसारियोस् भन्ने माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा खबरदारी सभाको आयोजना गरेको छ ।

नेपाल निजामति कर्मचारी युनियन संघ पर्साका अध्यक्ष सच्चितानन्द सिंहको सभापतित्वमा सम्पन्न खबरदारी सभालाई सम्बोधन गर्दै नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रिय उपाध्यक्ष मनोज कुमार तिवारीले निर्वाचन यसपटक फेरि सरेमा आफूहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

विरोध सभामा केन्द्रिय सदस्य अमलेश्वर मिश्रा, राजेश्वर साह तेली लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप