अग्नी पिडितलाई दाङ् देउखुरी समाज यूएईको सहयोग
युएई –दाङ गंगापरस्पुरका अग्नी पिडितहरूलाई दाङ देउखुरी समाज युएईले २ लाख रूपैयाँ बराबारको राहत वितरण गरेको छ।
गत महिना आगलागीबाट पिडित गंगापरस्पुर –६ खेजौटा र ८ बाँकीमा भीषण आगलागीमा परि घर गोठ गुमाएका अग्नि पिडितहरुलाई राहत वितरण गरेको हो । उक्त आगलागीमा परी ५४ घर परिवार बिचल्लीमा परेका थिए । बिगत लामो समयदेखि वैदेशिक रोजगारीका सिलसिलामा युएईका विभिन्न क्षेत्रमा छरिएर रहेका दाङ जिल्लाबासीहरुको साझा सामाजिक संस्था दाङ देउखुरी समाज युएईले उक्त रकम संकलन गरी संस्थाका सदस्यहरू क्रमशस् जुद्द बहादुर भण्डारी, यम बहादुर महरा, रेखराज भण्डारी र लाल बहादुर केसीको एक टोली घटना स्थलमा पुगी राहत वितरण गरेका हुन्।
गंगापरस्पुर वन कार्यालय भवनमा भएको उक्त राहत वितरणमा स्थानीय प्रशासन तथा प्रमुख, उद्योग वाणिज्य संघ, संचारकर्मी, दाङ देउखुरी सेवा समाज कतारका प्रतिनिधि साथै अन्य विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो।
प्रवासमा रहे पनि यसरी आफ्नो मातृभूमिको सेवा गर्ने मौका पाएकोमा खुशी ब्यक्त गर्दै समाजका अध्यक्ष शान्ता गिरीले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण