जबरजस्ती करणी सम्बन्धी झुठा मुद्दा पेश गर्नेविरुद्ध जरिवाना
ओखलढुंगा – जिल्ला प्रहरी कार्यलय ओलढुंगाले जबरजस्ती करणी सम्बन्धी झुठा मुद्दा पेश गर्ने एक जनालाई जरिवाना गरेको छ । २०७२ वैशाख ३० गते जिल्ला अदालत ओखलढुंगामा जबरजस्ती करणी सम्बन्धी झुठा मुद्दा दर्ता गराउने दियाले गाविसका आई कुमारी (नाम परिवर्तित) लाई रु २ हजार रुपैयाँ जरिवाना गरेको हो ।
उनले एसएलसी दिन बसेका बेला जबरजस्ती करणी गरेको भन्दै ठूलाछाप–४ निशंखेका दिनेश बस्नेतविरुद्ध २०७२ वैशाख २९ गते जिल्ला अदालतमा मुद्दा दिएका थिए । स्थानीय कृष्ण बहादुर कटुवालको घरमा परिक्षा दिन बसेका उनलाई २०७२ वैशाख २२ गते साँझ जबरजस्ती गरको जाहेरीमा उल्लेख गरिएको थियो ।
उजुरीपछि पक्राउ गरिएका कटुवाललाई अदालतले मुद्दा झुटा भएको ठहर गरेपछि सफाई दिएको छ । यस्ता खालाका फैसलावाट आगामी दिनमा दर्ता हुने झुठ्ठा मुद्दा तथा दरखास्त दिने प्रवृत्ति कम हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो चरणमा पुरानो रिसिबि एवंम प्रतिशोधका कारण षडयन्त्रण,जाल झेल गरी झुठा उजुरी ल्याउने र मुद्दा दर्ताको लागि विभिन्न शक्ति केन्द्रहरुको पनि दवाव आउने गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख नायव उपरीक्षक दिपेन्द्र शाहले बताए । यस्तो प्रवृतिले निर्दोषले अनाहकमा दुःख पाउने भएकाले सत्यतथ्य छानबिन गरी दोषीमाथि कार्बाही गर्ने उनको भनाई छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण