बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विश्वको सिखर सगरमाथामा नेपाल स्काउटको झन्डा फहरियो

मङ्गलबार, ११ जेठ २०७३, ०७ : ३४
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौं–वि.सं. २००९ असार ५ गते तत्कालिन श्री ५ त्रिभुवनले नेपाल स्काउट्सको झन्डा उत्तोलन गरि नेपाल स्काउट्सको स्थापना गरेको बुझिन्छ ।

त्यस्तै संसारको सिखर सगरमाथामा नेपाल स्काउट्सको झन्डा झापा जिल्लाका स्काउटर अनिश लुइँटेलले २०७३ जेठ ८ गते बिहान ५:२७ मिनेट जाँदा फरफराए । लुइँटेल सगरमाथामा पुग्ने पहिलो स्काउट हुन् ।

यसअघि २००७ मा नेपाल स्काउट्सका सदस्य नरेश महर्जन, बिपी पिक चढिसकेका छन् । नेपाल स्कोउट्सको झन्डासँगै नेपालको राष्ट्रिय झन्डा र नेपालको संविधान सगरमाथामा पुर्याउने स्काउटर अनिश पहिलो स्कोउट्स बनेका छन् ।

नेपाल स्काउट्सले नरेश महर्जनलाई साहसिक कार्य गरेको भनेर पराक्रम पट्टबाट सुसोभित गरेको छ । अब हेर्न बाँकी छ, नेपाल स्कोउट्सको झन्डा सर्वोच्च सिखर सगरमाथामा पुर्याउने अनिश लुइँटेललाई नेपाल स्काउट्सले कस्तो स्थान दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप