हावाहुरीले दुई वटा विद्यालयको छानो उडायो
म्याग्दी – म्याग्दीको पाखापानीमा सोमबार दिउँसो चलेको हावाहुरीले दुई वटा सामुदायीक विद्यालयको कक्षा कोठा भवनको छानो उडाएको छ ।
पाखापानीमा रहेको अमर मावि र कोटगाउँको जनआदर्श प्रावीको दुई कोठे भवनको छानो हुरीबतासले उडाएको अमर माविका प्रअ युकुमार गर्बुजाले जानकारी दिए ।
हावाहुरीले कक्षा कोठाको छानो उडाएपछि पठनपाठन प्रभावित भएको छ । छानो उडाएको र डेक्स बेञ्च भाचिएर क्षत्ती गरेकाले कक्षा कोठामा पठनपाठन सञ्चालन नसकिने प्रअ गर्बुजाले बताए ।
प्रहरीका अनुसार हावाहुरीले अमर माविमा दुई लाख रुपैया मूल्य बराबरको भौतिक क्षत्ती भएको छ । जनआदर्श प्राविमा हावाहुरीले कार्यालय र बालशिक्षा भवनको छानो उडाउदाँ सात लाख बराबरको क्षत्ती भएको छ ।
हावाले उडाएको टिनले लागेर शिक्षक नन्दप्रसाद गर्बुजा सामान्य घाइते भएका छन् । ८५ वाट क्षमत्ताको सोलारको प्यानल क्षत्ती भएको छ । हावाहुरीले सात लाख रुपैया मूल्य बराबरको भौतिक सामाग्रीको क्षत्ती गरेको प्रअ बिना पुनले बतए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण