जिल्ला अध्यक्षलाई पाखा लगाए केन्द्रीय सदस्यले
धादिङबेसी – धादिङ जिल्लाबाट नेकपा माओवादी केन्द्रले धादिङका अध्यक्ष तथा ३ नं. प्रदेश सदस्य रामबहादुर भण्डारीलाई केन्द्रीय सदस्य नबनाई जिल्ला सचिव धनबहादुर बुर्लाकोटी विजयलाई केन्द्रीय सदस्य बनाएको छ ।
भण्डारी १० वर्षे द्वन्दकालमा आफ्ना २ भाई छोरा बपत्ता भएका वेपत्ता परिवार हुन् । जनयुद्धकै क्रममा पुलिसले गोली ठोकेर मर्यो भनेर मकै बारीमा फालिएको र स्थानीय जनताहरुले उद्धार गरेर बाँचेको मान्छे राम बहादुर भण्डारी केन्द्रीय सदस्यमा नपरि जिल्ला सचिव बुर्लाकोटी केन्द्रीय समितिमा परेका हुन् । युग र समाज परिवर्तनको लागि जनयुद्धको शुरुवातसँगै रगतको आहालमा लडीबडी खेल्दै ०५२ सालदेखि माओवादी आन्दोलनमा होमिएका भण्डारी महिनौं जेलजीवन बिताएका नेता हुन् ।
०५२ देखि निरन्तर पार्टीमा पूर्णकालिन भई एउटा आफ्नै पृष्ठभूमि बनाएको मान्छे, जो एमाओवादी धादिङको अध्यक्षमा रहेर आफ्नो काम र कर्तव्यको पालना गरिरहने नेता मध्ये एक हुन् । जनयुद दबाउन सक्रिय भूमिका खेलेका रविन्द्र प्रताप शाहलाई संसदमा मनोनित गरियो तर भण्डारीलाई गरिएन त्यो बेला पनि भण्डारी अन्यायमा परेको चर्चा मिडियामा आएका थिए ।
आज फेरीसँगै एकै ठाउँमा बसेर काम गरेको सचिव केन्द्रीय सदस्यमा चुनिनु तर अध्यक्ष रामबहादुर भण्डारी किन परेनन्, सर्वसाधारणले पनि नेकपा माओवादी केन्द्रको कदपप्रति खेद व्यक्त गरिरहेका छन् । विरोधीहरुले समेत भण्डारीलाई सम्मान गर्दछन् युद्धकालिन नेता जसको शरिर गोलीले छिया–छिया भएको छ । आज त्यहि पाटीले भण्डारीलाई फेरि अपमान गरेको छ ।
धादिङबाट केन्द्रिय सदस्यमा पर्ने ज्वाईं जेठान धादिङबाट केन्द्रीय सदस्यमा पर्ने दुईजना धनबहादुर बुर्लाकोटी र जगत सिंखडा ज्वाई जेठान हुन् ।
बुर्लाकोटी विघटित एमाओवादी धादिङका सचिव हुन् भने सिंखडा अखिल नेपाल ययातायात मजदुर संगठनको अध्यक्ष हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण