बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

४ वर्षे बालिका बलात्कारको आरोपमा पक्राउ

मङ्गलबार, ११ जेठ २०७३, ११ : ०९
मङ्गलबार, ११ जेठ २०७३

उदयपुर– उदयपुरमा ४ वर्षे नाबालिका बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका २ संगम टोल बस्ने १७ वर्षीय शौभाग्य आछामे परियार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । वर्ष ४ नाबालिकालाई जवरजस्ती करणी गरेको भन्ने जानकारी पाएपछि प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपी ओम रानाले जानकारी दिए । बालिकालाई उपचारको लागी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप