बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शौच गर्न जाँदा झ्यालबाट खसेर मृत्यु

मङ्गलबार, ११ जेठ २०७३, ११ : ४२
मङ्गलबार, ११ जेठ २०७३
ताप्लेजुङ - ताप्लेजुङ नगरपालिका–१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ । यहाँस्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे–१ का अन्दाजी ३५ वर्षीय लिम्बूको राति बाहिर निस्कने क्रममा झ्यालबाट खसेर घाइते भई उपचारकै क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खानपिन पछि लिम्बू कोठामा गई सुतेको र राति शौच गर्न निस्कने क्रममा झ्यालबाट तीन तलामुनिसम्म खसेर घाइते भएका थिए । बाहिर निस्कने क्रममा उनी अचानक झ्यालबाट खसेका हुन् । उनी खसेको थाहा पाउनासाथ आफन्तले उपचारका लागि अस्पताल पु¥याए पनि उपचारकै क्रममा राति १२ः३० बजे निधन भएको जनाइएको छ । आफ्नी साली बिरामी भएको र उनलाई हेर्नका लागि लिम्बू सोमबार बेलुका ताप्लेजुङ आएका थिए । लिम्बूको शव अहिले जिल्ला अस्पतालमानै रहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप