बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

घुस लिने दुई कर्मचारी पक्राउ

मङ्गलबार, ११ जेठ २०७३, ११ : ४३
मङ्गलबार, ११ जेठ २०७३

धनगढी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घाट गद्दी गरिएको काठ बिमार्का(टाँचा) गर्दा घुस लिइएको भन्दै कैलालीमा दुई जना वन कर्मचारीलाई सोमबार पक्राउ गरेको छ ।

सेक्टर वन कार्यालय बलचौर (कैलाली)का सहायक वन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय टीकापुरका रेञ्जर बाबुराम मिजारलाई घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका निमित्त प्रमुख विष्णुसिंह विष्टले बताए । कैलालीको नारायणपुर गाविसको बैदी भन्ने ठाउँमा घाट गद्दी गरिएको एक हजार ७०० क्युफिट सिमलको काठमा बिमार्का गरिदिएबापत काठ खरिद गर्नेबाट रु ७६ हजार ५०० घुस लिइरहेको अवस्थामा निजहरुलाई रकमसहित पक्राउ गरिएको विष्टले बताए । आयोगको महेन्द्रनगर र कोहलपुरस्थित कार्यालयको संयुक्त टोलीले निजहरुलाई घटनास्थलमा पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप