सिंहदरबार बैठकको फरक दृश्यः बादल र मात्रिका सहभागि (हेर्नुहोस् ८ तस्विर)
काठमाडौं– यसअघिका शीर्ष बैठकहरुमा तत्कालिन एकीकृत माओवादीको तर्फबनाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतका नेताहरु सहभागि हुन्थे । तर, आजको बैठकमा भने रामबहादुर थापा बादल र मात्रिका यादवको पनि सहभागिता रहेको छ।
विभिन्न १० माओवादी घटकहरु मिलेर नेकपा माओवादी केन्द बनेसँगै पार्टीको तर्फबाट बादल र मात्रिकाको पनि बैठकमा सहभागिता रहेको हो ।
संसदीय व्यवस्थाकै विरोधमा रहेका मात्रिका र बादलहरु लामो समयदेखि शीर्ष बैठकबाहिर रहेका थिए । तर, एकताप्रक्रियामा आएसँगै उनीहरु पार्टीको तर्फबाट शीर्ष बैठकमा सहभागि भएका हुन् ।
मधेसी मोर्चाको सहभागिता बिनै सिंहदरबारमा जारी बैठकमा माओवादी केन्द्रको तर्फबाट, बादल र मात्रिकासहित प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहेका छन् ।
यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महेश आचार्य छन् भने एमालेको तर्फबाट प्रधानमन्त्रीसँगै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु छन् ।
बैठकमा सत्तारुढ साना दलका नेताहरु पनि रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण