बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अज्ञात रोगका कारण दुई सय बाख्रा मरे

मङ्गलबार, ११ जेठ २०७३, १२ : ०७
मङ्गलबार, ११ जेठ २०७३
दाङ - लोहारपानी र काभ्रे गाविसमा अज्ञात रोगका कारण २०० बाख्रा मरेका छन् । दुई हप्ताको अवधिमा लोहारपानीमा १५० र काभ्रेमा ५० बाख्रा मरेको स्थानीयवासी मञ्जुु रोकाले जानकारी दिनुभयो । त्यस क्षेत्रमा बाख्रा मरेको खबर पाएलगत्तै पशुसेवा कार्यालय कमिरे चौरका प्रमुख धु्रव बस्नेतको नेतृत्वमा स्वास्थ्कर्मीको टोली उपचारका लागि पुगेको छ । अहिले पनि त्यहाँ १५० भन्दा बढी बाख्रा बिरामी परेका छन् । ती बाख्राको उपचार भइरहेको पशुसेवा केन्द्रका प्रमुख बस्नेतले जानकारी दिनुभयो । बिरामी परेका बाख्र्रामा पातलो दिसा गर्ने, सिँगान बग्ने, ज्वरो आउने, खोक्ने लक्षण रहेका छन् । बाख्राको नमुना रगत परीक्षणका लागि क्षेत्रीय पशु प्रयोगशाला नेपालगन्जमा पठाइएको पशुसेवा केन्द्र कमिरेचौरले जनाएको छ । बिरामी परेका बाख्राको लक्षण देख्दा तिनमा कडा खालको निमोनिया रोग लागेको आशङ्का पशुसेवा केन्द्रका प्रमुख बस्नेतले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप