बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीसँग भाई सल्किएपछि हत्या, अभियुक्त पक्राउ

मङ्गलबार, ११ जेठ २०७३, २० : ०४
मङ्गलबार, ११ जेठ २०७३

रुपन्देही– आफ्नै श्रीमती र भाईको हत्या गर्ने दयानगर–५ चिलिया बस्ने ५८ बर्षीय बलराम पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले ४० बर्षीया श्रीमती कृष्ण पोखरेल र ४५ बर्षीय भाई चन्द्र प्रसाद पोखरेलाई ईट्टा प्रहार गरी हत्या गरेका थिए ।

पोखरेलले सोमबार राति दुवै जनालाई चन्द्र प्रसादको घरमा अनैतिक कृयाकलाप गरेको देखि शरीरको विभिन्न भागमा ईट्टा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप